तरुण नेता शाही बिदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनित

नेपालगञ्ज । बाजुराका तरुण नेता सरोज बहादुर शाही कांग्रेस बिदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनित हुनुभएको छ । शाहीलाई नेपाली कांग्रेस केन्द्रीय बिभागको निर्णय अनुसार सदस्यमा मानोनित गरिएको हो ।

राजनीतिसंगै केही बर्ष यता काठमाण्डौको दरबारमार्गमा जुकोट दरबार नामक रेस्टुरेन्ट सन्चालन गर्दै आएका तरुण दल नेता शाहीलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य एव तरुण विभाग प्रमुख शंकर भण्डारीले विदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनयन गरिएको बताउनुभयो ।

स्वामी कार्तिक खाँपर गाउँपालिका वडा नं ३ बजुराका शाही काठमाण्डौमा बसेर राजनीति गर्दै आएका हुन । केही समय नेपाल बाहिर रहेका शाहीले हालै आएर तरुण बिभागको पत्र बुझ्नुभएको छ ।

Previous articleशिक्षकहरुको माग पुरा गर्नुपर्ने भन्दै धर्ना तथा ज्ञापन पत्र
Next articleसंचार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा, लुम्बिनीका १२ जिल्लामा ज्ञापन पत्र बुझाईदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here