
काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत एक जना सव–इन्जिनियर घुससहित पक्राउ परेका छन् ।
सव–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीबाट घुस वाफत लिएको ३० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
भुकम्पबाट क्षतिग्रस्त घर पुनर्निमाणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए वापत सेवाग्राहीसँग उहाँले ३० हजार घुस लिएको अख्तियारले जनाएको छ ।
आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटिएको टोलीले पासवानलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।





