गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

प्रतिकात्मक तस्बिर

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन् ।

अवैध वन्यजन्तुको सिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

Previous article३० हजार रुपैयाँ घुस लिँदै गर्दा प्राधिकरण सव–इन्जिनियर पक्राउ
Next articleशारदा वाग्लेको अध्यक्षतामा मदनबाबा भक्ति केन्द्र बाँके पुर्नगठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here