
नेपालगञ्ज । भारतबाट भन्सार छलि भित्र्याइएको ठूलो परिमाणमा पंखा बाँके प्रहरीले बरामद गरेको छ । जमुनाह नाका भएर अटोमा भित्र्याइएको ७० थान पंखा ट्राफिक चोकबाट बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बझाङ बुङ्गल नगरपालिका ३ का ३४ वर्षका जसमान घर्तिले अटो रिक्सामा ती पंखा भारतीय बजार रुपैडियाबाट अवैधरुपमा भित्र्याएको खुलेको छ । सानो ३० र ठूलो ४० गरी ७० पंखाको मूल्य करिव ८० हजार पर्ने बताइएको छ । बरामद गरिएको उक्त पंखा आजै भन्सार कार्यालयमा बुझाइएको छ ।





