बाँकेमा भेरोसेलको दोस्रो डोज आज लगाइँदै

नेपालगन्ज । बाँकेमा कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको चिनिया खोप, भेरोसेलको मात्रा मंगलबार जिल्लाभर लगाँइदै छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज बस्नेतका अनुसार मंगलबार एकै दिन जिल्लाभरीका सबै स्वास्थ्य संस्थाबाट भेरोसेलको दोस्रो मात्रा लगाउन लागिएको हो ।

गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको खोप अधिकृत शर्माले जानकारी दिनुभयो । जिल्लाका आठ वटै स्थानीय तहका ८१ वटा वडामा भएका स्वास्थ्य संस्थामार्फत मंगलबार एकैदिन खोप लगाउने लक्ष्य भएपनि कुनै स्थानीय तहमा खोप लगाउने मात्रा अनुसार अर्को दिन खोप लगाउन सक्ने खोप अधिकृत शर्माले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ८ हजार ५ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहेको छ । सरकारले बाँकेमा भेरोसेलको पहिलो मात्रा ६२ देखि ६४ वर्षका उमेर समूहका जेष्ठ नागरिसँगै फ्रन्टलाइनरलाई दिने भनेको थियो । तर लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई पनि खोप दिएपछि विवाद भएको थियो । खोप लगाउन जाँदा कार्ड भने अनिवार्य गरिएको छ ।

Previous articleइन्डो नेपाल बैठक सम्पन्न, सीमा अपराध नियन्त्रणमा छलफल
Next articleनेपालगञ्जको ट्राफिक चोकबाट ७० थान पंखा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here