जसपाको प्रतिनिधि सभा क्षेत्र नं–२ को अध्यक्षमा यादव

नेपालगञ्ज । लामो समयदेखि बिभिन्न संघ संस्थामा आवद्ध रहनुभएका बाँकेमा चर्चित सूर्यलाल यादवले जनता सामाजवादी पार्टी नेपाल बाँके प्रतिनिधिसभा क्षेत्र नं–२ को क्षेत्रीय सभापतिको जिम्मेवारी पाउनुभएको छ ।

सामाजिक कार्यमा सक्रिय रहँदै दुई दशकदेखि पत्रकारिताको माध्यमबाट भ्रष्टाचार बिरुद्ध आवाज उठाउदै आउनु यादवलाई बुधबार बाँकेमा जसपाका नेताहरुले प्रतिनिधिसभा क्षेत्र नं–२ को क्षेत्रीय सभापतिको जिम्मेवारी प्रदान गरेका छन् ।

जिल्ला समन्वय समिति बाँकेका हलमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अजय कुमार श्रीवास्तव, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, संघीय परिषद सदस्य बिजय पाठक, बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर नेपालगञ्ज नगर अध्यक्ष श्रवण कुमार यादवको उपस्थितिमा सूर्यलाललाई क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।

बाँकेको क्षेत्र नं–२ जसपाको बाहुल्यता रहेको क्षेत्रका रुपमा मानिन्छ । यस क्षेत्रबाट निर्वाचित भएर जसपाका नेता मोहम्मद इतियाक राईले दुई पटक मन्त्री पद समेत खाई सक्नुभएको छ । बाँकेमा जसपाको पकट क्षेत्र पनि यही रहेको छ ।

पार्टीमा युवाहरुको समेत नेतृत्व हुनुपर्ने उद्देश्यले यादवले नेतृत्व लिनुभएको बताइएको छ । जसपालाई सबैको पार्टी साझा बनाउन आफु पार्टीको क्षेत्र नं–२ को सभापतिको नेतृत्व लिएको स्वयं यादवले जानकारी दिनुभयो ।

डुडुवा गाउँपालिका वडा नं–५ कम्दी निवासी यादवले जिल्लाका बिभिन्न एक दर्जन संचार संस्थामा काम गरिसक्नुभएको छ । नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय यादव नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष हुनुहुन्छ ।

Previous articleनेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल
Next articleभारततर्फ जान लागेका चार युवतीको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here