नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल

नेपालगञ्ज । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर मेयर डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गर्नुभयो ।

यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको मेयर डा.राणाले बताउनुभयो ।

३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताउनुभयो ।

Previous articleबाँकेमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ
Next articleजसपाको प्रतिनिधि सभा क्षेत्र नं–२ को अध्यक्षमा यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here