सञ्चार विधेयक बिरुद्ध एक्यवद्धता जनाउँदै शान्ति समाजद्धारा धर्ना

बुटवल । लुम्बिनी प्रदेश सरकारले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याउने किसिमले मिडिया विधेयक प्रदेश सभामा दर्ता गरेको भन्दै मानव अधिकार तथा समाजले लगातार विरोध गरिरहेको छ ।

शान्ति समाजले यसै क्रममा आज बुटवलस्थित मुख्यमन्त्री कार्यालय अगाडी धर्ना कार्यक्रम राखी प्रदेश सरकारले ल्याउन लागेको मिडिया र संचारकर्मीको घाँटी निमोठ्ने संचारसम्बन्धी कानून तत्काल फिर्ता गर्न र पुनःर्लेखन गर्न माग गरेको छ ।

धर्ना कार्यक्रमलाई संबोधन गर्दै शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले लुम्बिनी प्रदेश सरकारको प्रेस स्वतन्त्रता विरोधी विधेयक नागरिकको स्वतन्त्रता खोस्ने प्रपन्च भएको बताए । प्रदेश सभामा दर्ता गरिएको मिडिया विधेयक नेपाल संविधानको प्रस्तावनाको मर्म र भावनाविपरीत रहेको र सरकार नियन्त्रित लोकतन्त्रको पूर्वअभ्यास भएको सभापति खनालले बताउनुभयो ।

नागरिकको मुख थुनेर राज्यलाई निरंकुशतातर्फ धकेल्ने सरकारको नियतिप्रति कडा आलोचना गर्दै सरकारलाई पुर्ण प्रेस स्वतन्त्रता प्रतीको प्रतिवद्धता र ईमानदारिता देखाउन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष रामराज पोख्रेल, शान्ति समाजका केन्द्रिय सदस्य विष्णु प्रसाद भुसाल, जिल्ला सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायतले उपस्थिति रहेको प्रदेश कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारीले बताउनुभयो ।

Previous articleपेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग
Next articleगुडिरहेको माइक्रो बसमा मोटरसाईकल ठोक्किँदा दुई घाइतेमध्ये एक गम्भीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here