
नेपालगञ्ज । नेपालगन्जमा बिहीबार गुडिरहेको माइक्रो बसमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जमुनाहादेखि नेपालगञ्ज जाँदै गएको माइक्रो बसमा सोही दिसाबाट आउँदै गरेको मोटरसाईकल ठोक्किदा दुई जना घाएका भएका हुन । जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।
दुर्घटना बिहीबार अपरान्ह तीन बजे सीमा प्रहरी चौकीको अगाडी सुर्खेतरोडमा भएको हो । नेपालगञ्ज जाँदै गरेको भे १ ख १३७४ नम्वरको माइक्रो बसको पछाडीबाट युपी ३२ इ एक्स २०७६ नम्वरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाको परिचय खुल्न नसकेको ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बताउनुभयो । घाइतेको गम्भीर अवस्थामा भेरी अस्पतालमा उपचार भइरहेको छ ।






