खैरो हेरोइनको कारोबार गर्ने दुई जना पक्राउ

तस्बिर : प्रहरी

कैलाली । कैलालीमा लागुऔषध खैरो हिरोइनसहित शनिबार दुई जना युवा पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर साउद र सोही नगरपालिका–६, नारायणपुरका ३६ वर्षीय मुकेश रावल पक्राउ परेका हुन ।

पक्राउ परेका उनीहरुको साथबाट तीन ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

साउदको घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleकोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल : रूसी विश्वविद्यालय
Next articleमुद्दा मिलाउन घुस दिन खोज्ने दुई जना नियन्त्रणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here