
दाङ । पक्राउ परेका व्यक्तिको मुद्दा मिलाउन भनेर प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१८ सुपैला कुटीका २७ वर्षीय गोबिन्द शाह र प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं.५ भिङ्ग्री बस्ने ३० वर्षीय समिर भण्डारीलाई घुस दिन खाजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।






