रोम बिधान अनुमोदन गर्न जोड

नेपालगञ्ज । दण्डहिनताको अन्त्य, कानूनी शासनको सवलीकरण र पीडितको न्यायको सुनिश्चितताका लागी नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसको सन्दर्भ नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्न वक्ताहरुले रोम बिधान अनुमोदन गर्नु पर्नेमा जोड दिएका हुन ।

अन्तरक्रिया कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीस केशवराज जोशी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगंज उच्च सरकारी वकिल कार्यालय सहन्यायाधीवक्ता कृष्ण प्रसाद पुडासैनी, बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, न्यायका लागी द्धन्द्ध पीडित समाज बाँके अध्यक्ष एवं टिजे संजाल बाँके संयोजक चन्द्रकला उप्रेती न्यायालय, प्रहरी प्रशासन, सरकारी कानून ब्यवशायी, अधिकारकर्मी र द्धन्द्ध पीडित लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Previous articleकोभिड-१९ को बिरुद्धको खोप उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग
Next articleजसपाको क्षेत्र नं–२ क्षेत्रीय समितिले पुर्णता पायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here