कोभिड-१९ को बिरुद्धको खोप उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

नेपालगञ्ज । निरन्तर सेवा दिँदै आएको र जोखिममा रहेको भएपनि सरकारले पेट्रोलियम व्यवसायी तथा मजदुरलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुले खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् ।

कोरोनाको उच्च जोखिममा रहेर हालसम्म सेवा दिँदै आएको भएपनि सरकारले व्यवसायी र मजदुरलाई कोरोना खोपको कुनै चरणमा समाबेश गरेको छैन । निरन्तर सेवा दिइरहेको र कोरोना फाईटरसंग नजिक हुनुपर्ने भन्दै उनीहरुले आफुहरुका लागि खोपको व्यवस्थापन गर्न माग गरेका हुन । पेट्रोलियम राष्ट्रिय डिलर एशोशिएसन नेपालसंग सम्बद्ध व्यक्तिहरु बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर व्यवसायी तथा मजदुरलाई खोप लगाउन माग गरेका छन् ।

एशोशिएसन नेपालका केन्द्रीय सदस्य मघेराज भुषाल, एशोशिएसन नेपाल लुम्बिनी प्रदेश सचिव कृष्ण प्रसाद भुषाल, मध्यपश्चिमाञ्चल पेट्रोलियम लिडर एशोशिएसन नेपाल बाँकेका अध्यक्ष बिश्वराज खनाल र उपाध्यक्ष अजय टण्डनले शनिबार बाँकेका प्रजिअ गेलाललाई भेटेर व्यवसायी तथा सेवामा खटिरहेको मजदुरलाई खोप उपलब्ध गराउन माग गर्नुभएको हो । एशोशिएसन नेपालले दोस्रो पटक प्रजिअलाई भेटेर यस्तो माग गरेको हो । यसअघि पनि भेटेर माग गरेपनि खोप अभाव कायमै थियो ।

“कोरोना नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र शव बाहन चालक निरन्तर पेट्रोलियम व्यवसायी तथा मजदुरको संम्पर्कमा हुन्छन । यस कारण हामी पनि उच्च जोखिममा छौं ।,” मध्यपश्चिमांञ्चल पेट्रोलियम लिडर एशोशिएसन नेपाल बाँकेका अध्यक्ष खनालले भन्नुभयो, “हालसम्म खोपको उपलब्धता नेपालमा अभाव थियो र प्राथमिकतामा पारिएन, तर अब उपलब्धता बढ्यो, त्यसकारण हामीले पनि खोप लगाउन पाउनुपर्छ भन्ने माग राखेका हौं ।”

एशोशिएसनले सबैलाई नभएपनि एक जना पम्प संचालक र मातहतका कर्मचारीलाई खोपको व्यवस्थापन गर्न माग गर्दै आएको छ । शनिबारको भेटमा प्रजिअ गेलालले अब संचालन हुने खोप अभियानमा सहभागिता गराउने प्रतिबद्धता जनाउनुभएको बाँके अध्यक्ष खनालले जानकारी दिनुभयो ।

Previous articleस्वास्थ्य मन्त्रालय भन्छ-‘१८ वर्ष पुगेका सबैले चाँडै खोप पाउँछन् ।’
Next articleरोम बिधान अनुमोदन गर्न जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here