
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ ।
विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो । देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ ।
आइतबार प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए ।
देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए ।
सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।





