वेद सिर्जनशिल संस्थाको ९ सदस्यीय कार्यसमित चयन

परासी । वेद सिर्जनशिल संस्था (वेद संजाल) को चोथौ र पाचौँ साधारण सभा तथा तेस्रो अधिबेशनबाट युवराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमित सर्वसम्मत रुपमा चयन भएको छ ।

पश्चिम नवलपरासीस्थित सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको संस्था वेद सिर्जनशिल संस्था (वेद संजाल) ले युवाहरुको हकहितमा कार्य गर्दै आईरहेको छ ।

नवगठित समितिको अध्यक्षमा युवराज न्यौपाने (बिमल), उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने र हुमा देवकोटा, महासचिवमा सृष्टि अधिकारी, कोषाध्यक्षमा सीता पाण्डे, सचिवमा मिरा गाहा चयन हुनुभएको निर्वाचन समिति संयोजक कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

यस्तै समितिको सदस्यमा मनिष भट्टराई, मेनका न्यौपाने (बिन्दु), वसन्त भुसाल लगायत रहनुभएको छ, भने संरक्षण समितितर्फ प्रधान संरक्षकमा रोशनी राना, संरक्षण सचिवमा समिर परियार तथा सदस्यहरु कला डुम्रे भट्टराई, सुनिल थापा क्षेत्री लालू प्रसाद गुप्ता चयन हुनुभएको छ ।

यसैगरी संस्थाको विदेश विभागतर्फ संयोजकमा सुमन चापागाई, अमेरिका संयोजकमा हिमलाल न्यौपाने, कतार संयोजकमा पारिश्वर भट्टराई, दक्षिण कोरिया संयोजक दनेश पान्डेय, सदस्यमा विस्णुप्रसाद न्यौपाने, लक्ष्मण बराल, कमल मगर, दिवस न्यौपाने, रेश्मिराज पान्डे, अम्बिका भुसाल, लक्ष्मण डुम्रे र विजय अर्याल लगायत रहनुभएको छ । सो कार्यक्रम रोशनी रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

Previous articleप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त
Next articleमुस्लिम समुदायको बकरा इदमा सार्वजनिक बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here