
नेपालगन्ज । आर्थिक वर्ष २०७७/०७८ मा कुल ५ सय ४३ वटा व्यावसायिक फर्म र उद्योगहरुको अनुगमन गरिएको छ l जस मध्य १ सय ६० वटा व्यावसायिक फर्म एवं उद्योगहरु सामान्य अवस्थामा रहेको पाइएको छ भने ३ सय ४३ वटा व्यावसायिक फर्म एवं उद्योगहरुलाई तत्काल आवश्यक सुधारका लागि निर्देशन दिईएको र ३१ वटा व्यावसायिक फर्म एवं उद्योगहरुलाई जरिवाना सहित कारवाही गरिएको छ l
त्यसैगरी ९ वटा व्यावसायिक फर्म एवं उद्योगहरुको कारोबार रोक्का गरिएको र ७ वटा व्यावसायिक फर्म एवं उद्योगहरुबाट उत्पादित वस्तुको नमुना परिक्षण गरिएको छ l त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा कुल २ हजार ३ सय १५ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् भने २ हजार १ सय ४५ पुराना व्यावसायिक फर्महरु नवीकरण भएका छन् l
त्यसैगरी १ हजार ५ सय ४३ वटा व्यावसायिक फर्महरु संशोधन भएका र ४ सय ७१ वटा व्यावसायिक फर्महरु खारेज भएका छन् l साझेदारी फर्महरू २६ नयाँ दर्ता, ४५ वटा नवीकरण, १७ वटा संशोधन र १० वटा खारेज भएका छन् l





