मुस्लिम समुदायको बकरा इदमा सार्वजनिक बिदा

नेपालगञ्ज । मुस्लिम समुदायको चर्को दवाबपछि सरकारले बकरा इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो । त्यसैदिन मुस्लिम समुदायले बकराइद मनाउँदै छन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल मुस्लिम संघले बकरा इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गराएको थियो ।

नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार लगायतले गृहमन्त्री खाँडलाई बकरा इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो । बकरा इदमा सार्बजनिक बिदा दिइँदै आइएकोमा केपी ओली सरकारले कटौती गरेको थियो ।

यस्तै सोमबार नै बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले गृहमन्त्री खाँडलाई भेटेर बिदा मिलाउन माग गर्नु भएको थियो । उहाँले मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै बकराइद पर्वमा बिदा दिन माग गर्नुभयोको थियो ।

Previous articleवेद सिर्जनशिल संस्थाको ९ सदस्यीय कार्यसमित चयन
Next articleएक वर्षमा ५ सय ४३ व्यावसायिक फर्मकाे अनुगमन, ३१ लाई कारवाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here