
नेपालगञ्ज । अखिल ब्राह्मण नायक आशुतोष दिगम्बर देवोका देव देवादिदेव पुजनिय श्री पिण्डेश्वर महादेवका प्रतिनिधि बाहुरुप परम(उद्दारकर्ता संकटमोचन स्वरुप श्रद्धेय श्री सद्गुरुदेव मदन बाबाद्वारा नेपालगंज उपमहानगरपालिकामा ४ दिन भक्तजनहरुको उद्दार कार्यक्रम सम्पन्न भएको छ ।
२०७८ सावन १ गते देखि ४ गतेसम्म नेपालगंज उपमहानगरपालिकाको भृकुटीनगर स्थित श्री मदन बाबा भक्ति केन्द्र बाँके शाखाको अस्थायी कार्यालयको प्राङ्गाणमा उक्त उद्दार सम्पन्न गरिएको साथै उक्त दिन अस्थायी कार्यालयको उद्घघाटन तथा श्री सद्गुरुदेव मदन बाबालाई दर्शनभेट गरि आफुमा भएका रोग दोष विघ्न बाधा हटाइ मनमा शान्ति प्राप्तिका लागि भक्ति भजनमा नृत्य गरि उद्दार गरिएको जानकारी भक्ति केन्द्र बाँके शाखाका सचिव श्री गंगा न्यौपाने श्री शम्भुले दिनुभयो ।
उक्त भक्ति भजन नृत्यको श्री सद्गुरुदेव मदन बाबाको फेसबुक आइडिबाट प्रत्यक्ष प्रशारण पनि गरिएको थियो । भक्ति केन्द्र बाँके शाखाका सचिवका अनुसार अहिले नेपाल सरकारको निति विपरित हुने भएकाले वृहतरुपमा उद्दार शिविरको आयोजना गर्न नसकिएकाले भक्तजन तथा शिष्यहरुको उद्वारका लागि आफ्नै शाखा कार्यालयको प्राङ्गाणमा श्री सद्गुरुदेव मदन बाबाद्वारा उद्दार प्राप्त गरिएको बताउनुभयो ।
यस्ता कार्यक्रम आगामि दिनमा पनि भइरहेमा नकारात्मक उर्जालाई निस्तेज पार्दै सकारात्मक उर्जा प्राप्त गर्न सकिने भक्तजनहरुको धारणा रहेको पाईएकोछ । श्री सद्गुरुदेव मदन बाबाको फिर्ती सवारी सावन ३ गते भनिएता पनि भक्तजन तथा शिष्यहरुको पुकार अनुरोधलाई स्वीकार्दै सावन ४ गते सोमवारका दिन विहानको आरति तथा भक्तजनहरुको दर्शन पश्चात फिर्ती सवारी भएकोछ । जानकारी अनुसार सोहि दिन बर्दियाको कोठियाघाट स्थित श्री मदन बाबा भक्ति केन्द्र श्रीशम्भु आश्रमको परिसरमा पनि उद्दार कार्यक्रम गर्ने रहेको छ ।






