इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) पर्व मनाउँदै

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीक्षण स्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएनन् ।

अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ ।

एक भाग गरिब एवं विपन्न परिवारलाई आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । कोरोना भाइरस महामारीका कारन सामुहिक नमाज पढ्ने कार्यक्रम भने प्रभावित भएको छ । बकर इदको अबसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ।

Previous articleमदन बाबाद्वारा भक्तजनहरुको उद्दार कार्यक्रम
Next articleस्थानीयले ढुंगा प्रहार गर्दा १३ प्रहरी घाइते, दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here