बाघको छालासहित दुई जना पक्राउ

दाङ । दाङको घोराही गोग्लीबाट प्रहरीले बाघको छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

Previous articleरियालिटी शो होस्ट नगर्ने आदित्यको घोषणा
Next articleडुडुवा खोलामा डुबेर नेपालञ्जका तीन युवाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here