डुडुवा खोलामा डुबेर नेपालञ्जका तीन युवाको मृत्यु

नेपालगञ्ज । बाँकेमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन जनाको ज्यान गएको छ । बुधबार बाँकेको कोहलपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन जना युवाहरुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका वडा नं १० स्थित डुडुवा खोला (बन्दा) भन्ने ठाउँमा मा पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज तीन जना युवाको शव भेटिएको छ ।

बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का १८ वर्षीय राशिद जसगढ, सोही ठाउँका १८ वर्षीय अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

Previous articleबाघको छालासहित दुई जना पक्राउ
Next articleचीनबाट थप ८ लाख भेरोसेल खोप नेपाल आइपुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here