जापानबाट १६ लाख डोज अस्ट्राजेनेका खोप आउने

काठमाडौं । जापानबाट कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै आउने भएको छ । नेपाल स्थित जापानी राजदूत किकुता युताकाले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्‍जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ । राजदूत युताकाले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर देउवासँग आज भेट गर्नुभएको हो ।

उक्त भेटघाटका क्रममा जापानले उपलब्ध गराउने भनेको १६ लाख डोज कोरोनाविरुद्धको कोभ्याक्सिन केही दिनमै नेपाल आइपुग्ने जानकारी प्रधानमन्त्रीलाई गराउनुभयो । जापानले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप १६ लाख डोज दिने घोषणा केही साताअघि गरेको थियो ।

अक्सफोर्डको अस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो । यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब ६५ वर्षमाथिका १० लाख ज्येष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढीले पाउनेछन् ।

केही दिनअघि अमेरिकाले कोभ्याक्स सुविधामार्फत पठाएको १५ लाख डोज जोन्सन जोन्सन खोप आइपुगेपछि हाल सो खोप लगाउन सुरु गरिएको छ । त्यसअघि चीनले १८ लाख अनुदान र ८ लाख खरिद गरेको भेरोसेल खोप आइसकेको छ । भारतले पनि ११ लाख अनुदान र १० लाख खरिद गरेको खोप पठाइसकेको छ।

Previous articleचीनबाट थप ८ लाख भेरोसेल खोप नेपाल आइपुग्यो
Next articleकृत्रिम जलाशयमा डुबेर एकको मृत्यु, ३० घण्टापछि शव निकालियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here