
दाङ । दाङको घोराही गयर सोतामा सिँचाइका लागि बनाइएको कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शव ३० घण्टापछि निकालिएको छ ।
जलाशयमा पौडी खेल्ने क्रममा बुधवार बिहानदेखि बेपत्ता भएका ३१ वर्षीय लालबहादुर विष्टको शव आज बिहीवार दिउँसो साढे १ बजे सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको हो ।
स्थानीयवासी र प्रहरीले शव निकाल्न नसकेपछि बाँकेको नेपालगञ्जबाट गएको गोताखोरको टोलीले युवकको शव निकालेको हो ।





