पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाइयो

नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो ।

स्मृति दिवसको अवसरमा नेकपा एमाले बाँकेले आज विचार गोष्ठिगरेको पार्टी अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो ।

विचार गोष्ठीमा सहभागी एमाले नेताहरुले पुष्पलालको नीति अवलम्वन गर्न नसक्दा पार्टीभित्र क्षयीकरण सुरु भएको बताएका थिए । उनीहरुले पुष्पलाललाई सम्झेर पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प नभएको समेत बताए ।

Previous articleभ्याक्सिन खरिदका लागि एशियाली बिकास बैंक (एडिबीले) १९ अर्ब ऋण दिने
Next articleकोरोना विरुद्धको खोप लगाएको तीन घण्टाभित्रै वृद्धको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here