माता बागेश्वरी सहकारीको सेवा धम्बोझीबाट शुरु

नेपालगञ्ज । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्ज नयाँ भवनमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था सोमबार धम्वोजीमा सरेको हो । धम्बोझीमा सरेको संस्थाको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

संचालक समितिका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षता एंव नेफस्कुनका केन्द्रीय महासचिव दामोदर अधिकारीको प्रमुख आथित्यमा उद्घाटन गरिएको हो । कुरैसीले ९१ लाख ५१ हजारको चेक जम्मा गरी कारोवार सुरु गर्नुभएको छ ।

२०६८ सालमा स्थापना भएको सो सहकारीमा ५ हजार २७ शेयरधनी रहेका छन् । संस्थाले ३३ करोड २८ लाख ९० हजार ५ सय ३४ रुपैयाको कारोवार गरेको छ । संस्थाले ९२ लाख १८ हजार २ सय ५ रुपैयाँ आम्दानी गर्न सफल रहेको सहकारीका प्रबन्धक अम्बिका काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, राष्ट्रिय सहकारी बैंकका संचालक विजया धिताल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सरी चुन्ना, बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवाली, सहकारी शाखा नेपालगन्जका प्रमुख प्रवीण कुमार राना, जसपाका अध्यक्ष कमरुद्दिन राईलगायतले शुभकामना दिनुभएको थियो ।

सहकारीले कोभिड महामारीमा राहात, पीपीई, मास्क, सेनिटाइजरलगायतका सामाजिक उतरदायित्वको काम समेत गरेको सचिव बदरुद्दुजा खाँले बताउनुभयो । उहाँका अनुसार संक्रमणको जोखिममा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

Previous articleसिमान्तकृतको सवाललाई नीतिगत गर्न कार्ययोजना निमार्ण
Next articleदिल चिरीके म्युजिक भिडियो आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here