
वीरेन्द्रनगर । प्रहरीले वीरेन्द्रनगरस्थित जुम्ला रोड संचालित जुवाखालबाट आठ जनालाई पक्राउ गरेको छ ।
सकुन्तला न्यौपानेले सञ्चालन गरिरहेको सुर्खेती स्टाप होटलमा सोमबार साँझ प्रहरीले छापा मारेर होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाखालबाट २ लाख १४ हजार ९ सय ७० रुपैयाँ नगद, प्रभु बैंकको हस्ताक्षर गरिएको ४ लाख रुपैयाँको चेक, एनएमवी बैंकको ४९ हजारको चेकसँगै अन्य बिभिन्न बैंकका ११ थान चेक, तास गड्डीलगायत बरामद गरेको छ ।
पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।





