भेरीलाई मेडिकल कलेजका रुपमा विकास गर्न सकारात्मक छु : सचिव डा पोख्रेल

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले कोभिड महामारीमा भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।

भेरी अस्पतालको १३१ औं स्थापना दिवसका अवसरमा आज अस्पतालमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङस्टाफप्रति उहाँले उच्च सम्मान प्रकट गर्नुभयोे । उहाँले अस्पताल विकास समितिलाई भर्ति केन्द्र नबनाउन आग्रह गर्नुभयो ।

‘देशभरका अस्पतालमा विकास समितिले भर्ति केन्द्र बनाउन थालेका छन् उहाँले भन्नुभयो–‘यसलाई तत्काल रोक्नु पर्छ ।’ उहाँले विकास समितिका कर्मचारीहरुलाई छिट्टै नीतिगत पहल गरेर बढुवा र स्थायीको व्यवस्थापनको तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिनुभयो । उहाँले भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न आफु सकारात्मक रहेको भन्दै यसमा राजनीतिक दलको सहमति जरुरी रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले कोभिड महामारीमा भेरी अस्पतालले उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि महामारीसँग जुध्न यस्तै खाले समन्वय र सहकार्यमा जोड दिनुभयो ।

यस्तै प्रदेश सांसद आइपी खरेलले अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय र बिरामीमैत्री बनाउन सुझाव दिनुभयो । कार्यक्रममा एमाले नेता सुर्य ढकाल, काँग्रेस नेता कपिल शर्मा, अस्पताल विकास समितिका पूर्व अध्यक्ष वेदप्रसाद आचार्य, पूर्व मेसु डा श्यामसुन्दर यादवलगायतले बोल्नुभएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा। प्रकाश थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अस्पतालमा २५ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत समेत गरिएको थियो । दिवसको अवसरमा प्रकाशन गरिएको स्मारिका अक्सिजनको समेत विमोचन गरिएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यपेजबाट

Previous articleबाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
Next articleनेपालगञ्जबाट जुम्ला हिडेको मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here