नेपालगञ्जबाट जुम्ला हिडेको मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

सांकेतिक तस्बिर

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका-१ मा पर्ने राजमार्ग अन्तर्गतको एस मोडमा मिनी ट्रक दुर्घटनामा परेको हो ।

मंगलबार अपराह्न ४ बजेतिर ना ७ ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक दीपक साउद र सहचालक रमेशबहादुर शाहीको मृत्यु भएको हो । सहचालक बाजुराको जुकोट गाउँपालिकाका हुन् भने चालकको ठेगाना खुलिनसकेको उहाँले जानकारी दिनुभयो ।

उक्त मिनी ट्रक नेपालगञ्जबाट अक्सिजन सिलिन्डर र ग्याभिङ जाली बोकेर जुम्ला जाँदै गरेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार ट्रकमा चालक र सहचालक मात्र सवार थिए ।

Previous articleभेरीलाई मेडिकल कलेजका रुपमा विकास गर्न सकारात्मक छु : सचिव डा पोख्रेल
Next articleशिक्षकका लागि क्षमता विकास तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here