
बर्दिया । विद्यालयमा लैंगिक समानता प्रवद्र्धन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बाँकेको १ र बर्दियाका ३ स्थानीय तहका कक्षा शिक्षकलाई शिक्षकहरुका लागी प्रारम्भिक सिकाइ पढाइ सन्द्रभ सामाग्री निमार्ण तथा प्रयोग सम्बन्धी शिक्षण तालिम खजुरा र स्टीम एजुकेशनका बारेका शिक्षाकहरुका लागी शिक्षण तालिम ठाकुरद्धारामा सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरवावा नगरपालीका र खजुरा गाउँपालीकाको समन्वयमा लन परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको सो तालिममा सहभागिता रहेको छ ।
तालिममा बर्दियाको बारबर्दिया नगरपालिकाको ५ विद्यालय, ठाकुरवावा नगरपालीकाको ३, गुलरिया नगरपालिकाको २वटा बिधालयका शिक्षकहरुका लागी ठाकुरद्धारा र खजुरा गाउपालीकाको ४ विद्यालयका कक्षा शिक्षकहरुका लागि खजुरामा तालिम शुरु गरिएको छ ।
तालिममा सहभागि शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्धि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घतपुग्ने अपेक्षा गरिएको छ ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ । ठाकुरद्धारामा संचालन भएको तालिमममा स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले परियोजना कर्मचारिहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताउनुभयो ।
तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ ।
सो तालिमममा बर्दियाको ठाकुरबाबा, बारबर्दिया, गुलरिया नगरपालीकाका १८ र खजुरा गाउपालीकामा १५ जनाको सहभागीता रहेको र ठाकुरद्धारामा संचालन भएको तालिममा बारबर्दिया नगरपालीकाका टिकानाथ गोसाइ र खजुरामा राधा मल्लले सहजिकरण गरिरहेको तालिमा कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरी कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हाथ हुने ब्यबस्था मिलाएको तालिममा सस्थाका अध्यक्ष शिवलाल पाण्डे, खजुरा गाउपालीका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको समेत सहभागीता रहेको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिनुभयो ।






