युनियन लाईफ इन्स्युरेन्सद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

नेपालगञ्ज । युनियन लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेडले बाँके राप्तीसोनारी गाउँपालिका वडा नं–६ का दिपक बोहोराको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले नेपालगञ्ज शाखा कार्यालयमा मृत्यु दावी रकम बराबरको चेक मृतककी पत्नि हिरा बोहोरालाई हस्तान्तरण गरेको हो । पाँच लाखको जीवन बीमा गरेका ३४ वर्षीय बोहोराको बैशाख १९ गते मृत्यु भएको थियो ।

कोरोना कहरकै बीचमा बिरामी भएका बोहोराको कोरोना परीक्षण गर्न नपाउँदै नेपालञ्ज मेडिकल कलेजमा मृत्यु भएको कम्पनीले जनाएको छ । कम्पनीले दिपककी पत्नि हिरालाई शनिबार पाँच लाख २८ हजार बराबरको चेक दिएको छ ।

कम्पनीका प्रदेश ६ का प्रदेश उपप्रमुख उमेश ठाकुर, नेपालगञ्ज शाखा प्रमुख उत्तम ढकाल, सिनियर ऐजेन्सी म्यानेजर राजकुमार शर्मा, सिल्वर स्टार ऐजेन्सी म्यानेजर निरज भट्ट र ऐजेन्सी म्यानेजर अम्बिका रोकाको रोहबरमा हस्तान्तरण गरेको जनाएको छ । बोहोराको बीमा गरेको दोस्रो वर्ष नपुग्दै मृत्यु भएको हो ।

Previous articleयादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
Next articleमल्लको जन्म जयन्तीमा दुई जना स्रष्टा सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here