यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

तस्बिर : महेश चौरसिया

काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो ।

सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन हुनुभएको छ ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो ।

सांसदहरूले आफ्ना धारणा राखेपछि यादवलाई नेता चयन गरिएको हो ।

Previous articleसम्पर्कबिहिन भन्नुभएकी लुम्बिनी प्रदेश सांसद वली नेपालगन्जमा
Next articleयुनियन लाईफ इन्स्युरेन्सद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here