पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यासको घोषणा

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो ।

उहाँले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने जनाउनुभएको छ । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गर्नुभएको हो ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएको छ, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

उहाँकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसिय मान्यतासम्म प्राप्त गरेको थियो । नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गर्नुभयो ।

एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहेका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेल्नुभएको थियो ।

Previous articleफुल्टेक्रा माध्यमिक बिद्यालय भवन निर्माणबारे सूचना माग
Next articleविश्वमा कोरोनाको ग्राफ २० करोड नजिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here