नेपालगञ्जमा छात्राहरुलाई साईकल सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मङ्गलबार साईकल हस्तान्तरण गरिएको हो ।

नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गर्नुभयो ।

मेयर राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको तयारीमा लागेको जानकारी दिनुभयो ।

कन्या विद्यालय पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकाँश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन ।

साईकल प्राप्त गरेपछि विद्यालय आवत जावतमा सहजता हुने अपेक्षा गरिएको उपप्रमुख थापा मगरले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न छात्रहरुलाई साईकल वितरण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि १६८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो ।

Previous articleकक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह
Next articleअत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here