नेपालगञ्जमा महिलाहरुलाई आय आर्जनका लागि सामग्री सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग गरिएको हो ।

बिहिवार नगर प्रमुख डा. धवल शम्शेर राणाले महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । उपमहानगरपालिकाले यसअघि तालिम प्राप्त महिलाहरुलाई व्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका सामाविक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ । यसैगरी ४९ जनालाई साईकाल सहयोग गरिएको छ ।

दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका महिलाहरुलाई सामग्री सहयोग गरेको छ । गत आवमा नगरकार्यपालिका सदस्यहरुले सञ्चालन गर्ने कार्यक्रमका लागि १२ लाख रुपियाँको कार्यक्रम विनियोजन गरिएकोमा कोभिडका कारण आयआर्जन मुलक कार्यक्रम सञ्चालन हुन नसकेपछि यसअघि तालिम प्राप्त महिलाहरुलाई सिलाई कटाई तथा इन्टरलक मेसिन उपलब्ध गराइएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकामा नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षसहित अन्य ८ जना कार्यपालिका सदस्य रहनुभएको छ । कौसल कुमार धोवी, देउमल सुनार, वशन्ता जोशी, इन्दिरा शाही, नन्कैै पठानी, सीमा बैश्य, मञ्जु नेपाली र देवेन्द्र पाल सिंह कार्यपालिका सदस्य रहनुभएको छ ।

Previous articleतीन बिषयमा वक्तृत्वकला आयोजना, टिकटक भिडियोमार्फत सहभागिता जनाउनुपर्ने
Next articleसमुदायको समस्याप्रति सरोकारवालाको प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here