
नेपालगञ्ज । बाँकेमा चेतनामुलक तीन वटा बिषयमा बकतृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । लागु पदार्थ दुव्र्यसनी न्यूनिकरणमा अभिभावकको भूमिका, मानव बेचबिखन न्युनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका र कोभिड नियान्त्रणमा आम नागरिकको भूमिका बिषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
लायन्स क्लव ३२५ बी टु, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेले आयोजना गरेको बुधबार पत्रकारसम्मेलनमार्फत सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशीले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा सहभागिताका लागि तीन वटै बिधामा करिब ३ मिनेटसम्मको भिडियो बनाएर पठाउनु पर्नेछ । सो भिडियोलाई नेपालगन्ज ग्यालरीमार्फत प्रकाशन गरी लाइकको अधारमा ५० प्रतिशत र निर्णायकहरुको मुल्यांकनको अधारमा ५० प्रतिशत अंक अनुसार छनोट गरिने छ ।
बिजेताले नगद, ट्रफी र प्रमाण पत्र प्रप्त गर्नेछन् । क्लवका पीडिजी एमजेएफ लायन शेम शाक्यले समाजलाई डिजिटल प्रबिधिबाट मनोराञ्जनात्मक तरिकाबाट भिडियो बनाएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि नै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
आयोजकले सचेतनामुलक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ भने अबको केही दिनमा स्त्री रोग सम्बन्धि स्वास्थ्य जाँच तथा औषधी बितरण कार्यक्रममा पनि नेपालगन्ज र कोहलपुरमा आयोजना गर्ने लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष राजन रानामगरले बताउनुभयो ।





