भरुवा बन्दुक र कटुवा पेस्तोलसहित बाँके नरैनापुरका एक जना पक्राउ

नेपालगञ्ज । बाँकेमा भरुवा बन्दुक र पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भरुवा बन्दुक र पेस्तोलसहित नरैनापुर गाउँपालिका वडा नं ६ का ५० वर्षीय छोटेलाल राढ पक्राउ परेका हुन ।

राढले हतियारको बिक्री बितरण गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई दोन्द्रा गाउँबाट पक्राउ गरेको छ । बिहीबार साँझ करिब ७ बजेको समयमा उनलाई पक्राउ गरेको हो ।

प्रदेश प्रहरी अनुसन्धान समूह दाङ बाट खटिएको प्रहरी टोलीले राढको साथबाट एक नाले भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा ३ र कटुवा पेस्तोल १ थान बरामद गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु भएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

Previous articleपूर्वमा जन्म, पश्चिममा कर्म
Next articleपाकिस्तानमा मन्दिर तोडफोड : सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here