कोरोनाको तेस्रो भेरियन्टबाट बच्न बाँके प्रशासनको आग्रह

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमण दर फेरि उच्च हुन थालेको भन्दै सचेत बन्न अपिल गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दे स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न अपिल गरेको हो ।

बिगत केही दिनदेखि परिक्षणको नतिजाबाट संक्रमणको दर उच्च हुँदै गएको, अस्पतालहरुमा कोभिड–१९ संक्रमितहरुको चाप बढ्दै गएको अवस्था हुँदा रोकथाम र नियन्त्रणका लागि पूर्व सावधानी अपनाई संक्रमण दर शुन्यमा पु¥याउन सबैको अंहम भूमिका निभाउन जरुरी रहेको जारी सूचनामा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कोभिड–१९ रोकथाम र नियन्त्रणमा सचेतनामुलक कार्यक्रमहरु निरन्तर भइरहेको, निषेध आदेश समेत कायमै रहेको अवस्थामा बिभिन्न व्यक्ति तथा समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, तोएिको स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी सार्वजनिक गतिबिधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई संभावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्ने भएकाले जारी गरिएको आदेशको पालना गर्न अनुरोध गरिएको प्रशासनले जनाएको छ ।

Previous articleपाकिस्तानमा मन्दिर तोडफोड : सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण
Next articleनेपालगन्ज भन्सार परिसरमा बृद्वलाई गाडीले किच्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here