नेपालगन्ज भन्सार परिसरमा बृद्वलाई गाडीले किच्याे

नेपालगन्जको भन्सार परिसर क्षेत्रमा फलाम बोकेको एन सि ०१ ए ए २३९७ नम्वरको टेलर गाडी पार्किङ गरि राखिएको थियो ।

गाडी रोकिएको देखिएपछि सुर्खेत लाटीकोइली बस्ने ६५ वर्षीय रामबहादुर चौधरी टायरलाई आड लागेर सुस्ताइरहेका थिए । किनकी नेपालगन्जमा आज असाध्यै चर्को घाम लागेको थियो ।

घाम छल्न उनी गाडीको टायरमा आड लाएर सुस्ताइरहेका थिए । चालकले यसको भेउ पाएनन् । गाडी स्टार्ड गरे । गाडी अगाडी बढाए । त्यसैबेला चौधरीको खुट्टा र हातमाथिबाट टायर चढ्यो ।

नेपालगन्ज उपमहानगरपालिका १५ भन्सार परिसरमा दिउँसो सवा दुई बजेतिर उक्त घटना भएको हो । चौधरीको अवस्था गम्भीर रहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

घाइतेको हात र खुट्टामा गहिरो चोट लागेको छ । घाइते चौधरीको नेपालगन्ज शिक्षण अस्पतालमामा उपचार भइरहेको छ । प्रहरीका अनुसार चौधरी बेवारिसे अबस्थामा भन्सार क्षेत्र वरिपरि बस्ने गरेका थिए ।

गाडी भन्सार प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । चालक भने फरार छन् ।

Previous articleकोरोनाको तेस्रो भेरियन्टबाट बच्न बाँके प्रशासनको आग्रह
Next articleखैरो हिरोइनसहित बाँकेका दुई युवा काठमाण्डौमा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here