
काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित बाँकेका दुई जना युवालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्जका सुवास बराल र नरैनापुरका मोविन जोलाहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागूऔषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।





