नेपालगन्जमा निःशूल्क स्वास्थ्य जाँच अभियान सुरु

नेपालगञ्ज । नेपालगन्जका चोक चोकमा निःशूल्क स्वास्थ्य जाँच अभियान सुरु भएको छ । स्वास्थ्य सचेतना फैलाउने उद्देश्यसँगै प्रत्येक शनिवारदेखि चोक चोकमा निःशूल्क स्वास्थ्य जाँच अभियान सुरु गरिएको हो ।

अभियानमार्फत स्वास्थ्य जनचेतना फैलाउनेदेखि सुगर चेकजाँच, प्रेसर लगायतका जाँच गर्ने गरिएको छ । अस्पताल नगएपनि चोकमै उनीहरुको सामान्य खालको स्वास्थ्य जाँच गर्ने गरिएको हो ।

मध्यपश्चिम पोलिक्लिनिक प्रा.लि.नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँकेसहितका संघसंस्थाहरुले संयुक्तरूपमा निःशूल्क स्वास्थ्य चेकजाँच तथा चेतनामुलक अभियान सुरु गरेका हुन् ।

प्रत्येक शनिवार अब स्वास्थ्य जाँच तथा जनचेतनामुलक कार्यक्रम गर्ने आयोजकले जनाएको छ । शनिबार बाइपास रोडमा संचालन भएको अभियानको पहिलो दिन नै ७० जनाले सेवा लिएको मध्यपश्चिम पोलिक्लिनिकका अध्यक्ष बिरेन्द्र गिरीले जानकारी दिनुभयो ।

Previous articleसहादत मस्जिद गुठी इदगाह कर्बला समितिले १६ बर्षपछि नयाँ नेतृत्व पायो
Next articleदूव्यर्सनबिरुद्धका अभियान्ता क्षेत्रीलाई नाईस अवार्ड–२०२१ प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here