दूव्यर्सनबिरुद्धका अभियान्ता क्षेत्रीलाई नाईस अवार्ड–२०२१ प्रदान

नेपालगञ्ज । राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरि नाईस नेपालगन्जले एक असल संस्कारको बिकास गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बताउनुभएको छ ।

नाईस नेपालगन्जको दोश्रो बार्षिकोत्सव तथा नाईस अवार्ड–२०२१ समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख राणाले यस्तो बताउनुभयो । राम्रो काम गर्ने व्यक्ति वा संस्था जो सुकै भएपनि सबैले सहयोग तथा समर्थन गर्नुपर्ने उहाँले बताउनु्भयो ।

नाईस नेपालगन्जले नेपालगन्ज नगरसँगको साझेदारीका सरसफाई कार्यक्रम गरिरहेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको सुन्दरताका लागि गरेको सहकार्यको प्रशंसा गर्नुभयो । नाईसले गर्ने कामहरुमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रमुख राणाले बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नाईसले नाम अनुसारको राम्रो कामको शुरुवात गरेकोमा खुसी लागेको बताउनुभयो । राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गर्दा उसले थप जिम्मेवारी बोधका साथ काम गर्ने भन्दै अन्य सरोकारवालाहरुले समेत यस्तो कार्यको अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाका सचिव हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य मुना बिष्टले गर्नभएको थियो । कार्यक्रमको उद्धेश्यसँगै नाईस अवार्डका बारेमा जानकारी तथा ल्ष्अभ ब्धबचम द्दण्द्दज्ञ घोषण नाईसका अध्यक्ष नमस्कार शाहले गरेसँगै लागु औषध दूब्यसनी बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा डा. धवल राणा, प्रजिअ गेलाल, प्रहरी नायब उपक्षिक मधु सुधन न्यौपाने, प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डा. प्रकाश नाग, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, रक्षक सेक्युरिटिजका प्रमुख जय नारायण शाह, सन नेपाल लाईफ इन्सोरेन्सका प्रबन्धक कमल शाही, हरित अभियन्ता हेमन्तराम काफ्ले, गैसस महासँघ बाँकेका सदस्य लोक बहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।यस्तै लागु औषध दूब्र्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाईस अवार्ड–२०२१ प्रदान गरिएको छ । नाईस नेपालगन्जले प्रकाश मेडिकल हलको सहकार्यमा शुरु गरेको प्रथम नाईस अवार्ड–२०२१ क्षेत्री प्राप्त गर्न सफल हुनुभएको हो ।

लागु औषध दूव्र्यसनीबिरुद्ध लामो समयदेखि काम गर्दै आएका क्षेत्रीलाई उत्कृष्ट कार्य गरेवागत उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.राणा, अतिथि प्रमुख जिल्ला अधिकारी गेलाल र प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डा.नागले खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान प्रदान गर्नुभएको थियो ।

सम्मान ग्रहण पश्चात बोल्दै सम्मानित क्षेत्रीले नाई अवार्डबाट भएको सम्मानले लागु औषध दूव्र्यसन बिरुद्धको अभियानमा थप सशक्त रुपमा लाग्न अभिप्रेरित गर्ने बताउनुभयो । उहाँले नाईले प्रदान गरेको अवार्डका लागि धन्यबाद ज्ञापन गर्नुभयो । सो अवसरमा नाईस अवार्डमा सहकार्य गर्ने डा. नागलाई सम्मान पत्रले सम्मानित गरिएको छ ।

Previous articleनेपालगन्जमा निःशूल्क स्वास्थ्य जाँच अभियान सुरु
Next articleफुल्टेक्राको चौतर्फी विकासका लागि समिति निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here