जमुनाहमा दुई लाख बढीको अवैध सामान बरामद

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुरबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले अवैधरुपमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा, जुता र पाललगायतको सामान बरामद गरेको हो ।

इन्चार्ज बुढाका अनुसार, १८३ पीस जुत्ता, २० पीस पाल, २० पीस पाइन्ट, एक दर्जन मोजा, महिलाले ओढ्ने सल २ पीस बरामद भएको छ । करिव २ लाख ५५ हजार २ सय मूल्य बराबरको सो सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको पनि उहाँले बताउनुभयो ।

Previous articleशिक्षकहरुका लागि तीन दिने स्टीम एजुकेशन तालिम शुरु
Next articleविमानस्थलबाट यार्सागुम्बासहित एक युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here