
नेपालगञ्ज । मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुम नेपालगञ्जमा सञ्चालनमा ल्याइएको छ । छैटौं शाखाको रुपमा नेपालगन्जको सुर्खेतरोडस्थित वेस्टर्न मलको तल्लो तलामा उत्तरपट्टि रहेको मेलान्जको नायिका वर्षा रावतले शनिबार उद्घाटन गर्नुभएको छ ।
महिला, पुरुष र बालबालिकाका विभिन्न कम्पनीका ब्राण्डेट रेडिमेट कपडाहरु राखिएको मेलान्जको नायिका रावतसँगै अभिनेता निर्मल शर्मा ‘गैंडा’ले शुभारम्भ गर्नु भएको हो ।
मेलान्जको काठमाडौंमा ३ वटा, धनगढी, नेपालगन्ज र इटहरीमा एक एक वटा गरी आधा दर्जन शाखा यसअघि नै शुरु भइसकेको छ । महिला, पुरुष र बालबालिकालाई समेत सहज हुने गरि व्राण्डेड कपडा राखिएको सञ्चालक बम रावलले बताउनुभयो ।
५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको ५ तले वेस्टर्न मलमा विभिन्न ब्राण्डका शोरुम, मनोरञ्जनका साधन, इन्डोर गेमिङ जोन, अन्तर्राष्ट्रिय स्तरको शैलुन, सौना तथा स्पा, फुड कोर्ट गरी साना र ठूला गरी ६० वटाभन्दा बढी आउटलेटहरु सञ्चालनको अन्तिम तयारी गरेको वेस्टर्न बिजनेस ग्रुपका अध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो ।






