स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम सम्पन्न

राजापुर । बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा सिकाई परियोजना कार्यक्रम अन्तर्गतका बिद्यालयहरुको शिक्षकहरुका लागि संचालित स्टीम एजुकेशन सम्बन्धि तालिम बुधवार सकिएको छ ।

बिद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले सोमवारदेखि राजापुरमा तीन दिने स्टीम एजुकेशन तालिम शुरु भएको थियो ।

विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका दुइ स्थानीय तहका कक्षा शिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षकहरुका लागी शिक्षण तालिम संचालन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारी तथा राजापुर नगरपालिका समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन भएका विद्यालयका कक्षा शिक्षकहरुलाई तालिममा सहभागि गराइएको थियो ।

शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्धि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने आयोजकको अपेक्षा छ ।

तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ । तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

चन्द्रोदय प्रथामिक बिधालय, ने रा मा बि गोडियाना, जनचेतना माध्यामिक बिधालय, ने रा आ बि बदालपुर, ज्ञनोदय प्रा बि, अमर शहिद दशरथ चन्द माध्यामिक बिधालय बसन्तापुरका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता संचालित तालिमलाई बुधवार स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षता तथा राजापुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रा.स.चन्द्र बहादुर ठाडामगरको प्रमुख आतिथ्यतामा समापन गरिएको परियोजनाका सुपरभाइजर दशलाल चौधरीले जानकारी दिनुभयो ।

Previous articleप्राधिकरणकाे वार्षिकोत्सवको अवसरमा कर्मचारी संघद्वारा विभिन्न कार्यक्रम
Next articleमानव बेचविखन नियन्त्रणका लागि कार्य योजना निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here