प्राधिकरणकाे वार्षिकोत्सवको अवसरमा कर्मचारी संघद्वारा विभिन्न कार्यक्रम

नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारी संघले भेरी अस्पताल, नेपालगन्जमा सञ्चालित अञ्जनी माता रसोइलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

खासगरेर कोरोना संक्रमित, कुरुवा र स्वास्थ्यकर्मीलाई लक्षित गरि विगत दस महिनादेखि निरन्तर बीस रुपैयामै पेटभरी खाना खुवाउने मानवतावादी अभियानमा रहेको अञ्जनी माता रसोइलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको बाँकेमा रहेका तीन वटै इकाइ समितिहरुको संयुक्त अगुवाइमा संकलित कुल ३२ हजार २ सय ५ रुपैयाँ सहयोगस्वरुप त्यसरी हस्तान्तरण गरिएको हो ।

नेविप्रा कर्मचारी संघको बाँकेमा विस्तारित कोहलपुर इकाइ समिति, प्रदेश डिभिजन इकाइ समिति तथा नेपालगन्ज इकाइ समितिको पहलमा संकलित सो रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

नेपालगन्ज वितरण केन्द्रमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि रहनुभएका नेविप्रा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज प्रमुख सुरज गौतम तथा विशिष्ट अतिथि कर्मचारी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दुर्गाप्रसाद जैसीले उक्त सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रदेश डिभिजन प्रमुख गौतमले गुणस्तरीय विद्युत सेवा प्रवाहको दायित्वसंगै सामाजिक उत्तरदायित्व बोध गर्दै गरिएको यस्तो सहयोग हस्तान्तरणले सामाजिक कामप्रति थप बल पुग्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि रहनु भएका नेविप्रा कर्मचारी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष जैसीले कर्मचारी संघ संस्थागत हकहितसंगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहन सकेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कर्मचारी संघ केन्द्रीय सदस्य विष्णु केसी, प्रदेश डिभिजनका सहायक प्रबन्धक दिवाकर प्याकुरेल, नेपालगन्ज वितरण केन्द्र प्रमुख लखनलला मल्लिक, कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेती, रुकुम पुर्व वितरण केन्द्र प्रमुख युवराज रावत, प्रशासकीय अधिकृत गोपालप्रसाद ओझा, लेखा अधिकृत गोविन्द ढकाल, इन्जिनियर ज्ञानप्रसाद फर्साल, श्री नारायण प्रसाद पौडेल, राष्ट्रिय कर्मचारी युनियन साबिक मध्यपश्चिम क्षेत्रीय समिति अध्यक्ष चेतबहादुर केसी, बाँके जिल्ला इकाइ समन्वय टास्कफोर्स संयोजक तथा प्रदेश सदस्य राजेन्द्रकुमार थापा, राहिल किंगरिया, अरुण बज्राचार्य, कोहलपुर इकाइ अध्यक्ष सुरजलाल चौधरी, प्रदेश डिभिजन इकाइ अध्यक्ष देवेन्द्र विक, कर्मचारी संघका अगुवा नेता उत्तमप्रसाद उपाध्याय लगायतका विभिन्न व्यक्तित्वहरुको विशेष सहभागिता रहेको थियो ।

कर्मचारी संघ नेपालगन्ज इकाइ अध्यक्ष नेत्रबहादुर खडकाको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Previous articleराजापुरमा स्टीम एजुकेशन तीन दिने सम्बन्धि तालिम संचालन
Next articleस्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here