
गुलरिया । बर्दियाका यातायातकर्मीहरुसँग बुधबार मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध गुलरियामा अभिमुखिकरण गरिएको छ । माइती नेपाल बर्दियाको आयोजनामा यातायातकर्मीहरुसंग एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरणमा यातायात व्यवसायी संघका पदाधिकारी तथा कर्मचारी र चालकहरुको उपस्थिति रहेको थियो । सहभागिहरुले यस्तो खालको सचेतनामुलक कार्यक्रमहरु आवश्यक रहेको भन्दै समय समयमा यस्ता कार्यक्रमहरु ल्याउनुपर्ने र बसपार्क लगायत बिभिन्न समुदायमा संचालन गर्नुपर्ने बताएका छन् ।
अभिमुखिकरणमा कृष्णसार यातायात व्यवसायी संघका निल प्रसाद रेग्मीले यातायातका साधनहरुमा कोही यात्रा गरिरहेको व्यक्तिमाथि शंका लागेमा तुरुन्तै प्रहरी र माइती नेपाललाई जानकारी गराउन अनुरोध गर्नुभयो । उहाँले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि यातायात व्यवसायी संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमा मानव बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौर तरिका, संम्भावित स्थान, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी व्यवस्था यातायातकर्मीहरुको भुमिकाको बारेमा यातायातकर्मीहरुलाई जानकारी दिँदै यात्रा गर्ने मानिसहरुको बारेमा छिट्टै बुझने भएको हुँदा सधै सजकता उपनाउनुपर्ने कुरामा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले सहजीकरण गर्नुभएको थियो ।





