लैंङ्गिकमैत्री शैक्षिक सामाग्री निर्माणका लागि खजुराका बिद्यालयमा अभिमुखिकरण

खजुरा । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुमा लैंङ्गिकमैत्री व्यवहार निर्माणका लागि बिद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक संघका पदाधिकारीहरुका लागि अभिमुखिकरण संचालन गरिएको छ ।

खजुरा गाउँपालिकाको वडा नं १ जलपोखरीस्थित नेपाल राष्ट्रिय तिर्खा आधारभूत बिद्यालय राधापुर, वडा नं ३ स्थित जनता नमूना माध्यमिक बिद्यालय सन्तकुटी खजुरा, वडा नं ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बसन्तापुर र वडा नं ४ स्थित अम्बेमाता प्राथमिक बिद्यालय बुद्धपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा शैक्षिक निर्मणका बिषयमा छलफल तथा लैंङ्गिक समानता, लैंङ्गिकमैत्री शिक्षण सामाग्री निर्माण एव सिकाई पद्धति तथा व्यवहार अवलम्बन गर्ने बिषयमा जोड दिइएको छ । अभिमुखिकरण कार्यक्रमलाई खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति, अभिभावक पदाधिकारी, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्लान इन्टरनेशन नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा खजुरा गाउँपालिका शिक्षा शाखाको समन्वय तथा सहकार्यमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजना अन्तर्गत बिद्यालयमा शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन उक्त अभिमुखिकरण कार्यक्रम गरिएको परियोजना फिल्ड सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।

Previous articleयातायातकर्मीहरुलाई मानब बेचबिखन बिरुद्ध अभिमुखिकरण
Next articleबैजनाथका किशोरीहरुलाई बायोडाटा निर्माण सीप प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here