बैजनाथका किशोरीहरुलाई बायोडाटा निर्माण सीप प्रदान

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाका किशोरीहरुलाई व्यक्तिगत विवरण तयार गर्ने सम्बन्धि दुई दिने सीप प्रदान गरिएको छ ।

प्लान नेपालको साझेदारीमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेले दुई दिने तालिममार्फत बैजनाथ गाउँपालिकाका किशोरीहरुलाई व्यक्तिगत बिवरण अर्थात बायोडाटा निर्माणका बारेमा सीप प्र्रदान गरिएको हो ।

बाँकेका संचालित बाल विवाह रोकथाम परियोजना मार्फत बैजनाथ गाउँपालिकामा रहेको किशोरी क्लबमा आवद्ध किशोरीहरुको क्षमता अभिबृद्धि गर्न यो सीप प्रदान गरिएको आयोजकले जनाएको छ ।

किशोरीहरुले स्वयं व्यक्तिगत विवरण अर्थात बायोडाटा तयार गर्न सक्ने बनाउन स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

बायोडाटा निर्माण सीपले आफ्नो बायोडाटा निर्माण गर्नका लागि कसैसंग सहयोग लिन नपर्ने र सजिलै विवरण तयार गरेर आवश्यक ठाउँमा पठाउन सकिने तथा राख्न सजिलो बनाउन नै यो तालिम संचालन गरिएको सुपरभाईजर बबिता शाहले जानकारी दिनुभयो ।

Previous articleलैंङ्गिकमैत्री शैक्षिक सामाग्री निर्माणका लागि खजुराका बिद्यालयमा अभिमुखिकरण
Next articleपार्किङ्ग गरिएको बसमा आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here