मोहर्रममा सवारी नियम उल्लङ्घन गर्नेलाई कारवाही

नेपालगञ्ज । मुृस्लिम समुदायको मोहर्रम पर्व चलिरहेको छ । यही चाडपर्वमा उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी समेत बढाएको छ । चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ ।

मुस्लिम समुदायको मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, तीन, चार जना बसाल्ने लगायतलाई कारवाही गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार राती ७० वटा मोटरसाइकललाई कारवाही गरिएको छ । तीमध्ये ४३ जनाले जरिवाना तिरेर मोटरसाइकल लगिसकेका छन् । बाँकीले लग्नेक्रम जारी छ । उहाँका अनुसार मोहर्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउन आफुले सक्दो प्रयास गरेको खड्काको भनाइ छ ।

उहाँले मोहर्रम पर्व मनाउन गठन भएका समिति तथा अगुवाहरुसँगै बसेर मोहर्रम पर्वलाई व्यवस्थित र मर्यादित बनाउने काम गरिरहेका पनि बताउनुभयो ।

Previous articleतालिवानद्धारा पत्रकारमाथि आक्रमण
Next articleमुस्लिम युवाहरूद्वारा सुत्केरी महिलालाई सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here