मुस्लिम युवाहरूद्वारा सुत्केरी महिलालाई सहयोग

नेपालगञ्ज । नेपालगञ्जका मुस्लिम युवाहरुले भेरी अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई सहयोग सामाग्री वितरण गरेका छन् ।

मोहरर्मको अवसरमा सुत्केरी महिलाहरुलाई फलफूल, पानी, बिस्कुट र मेवाहरु वितरण गरि इमामे हुसैन रजिअल्लाह हु तआला अन्हुको युवाहरुले याद मनाएका हुन ।

हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु दीने ईस्लामको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु तआला अलैही वसल्लमको नाती हुन् । हिजरी ६१ मा पैगम्बरे ईस्लामको नातिलाई इराकको कर्बला भन्ने क्षेत्रमा सहिद गरिएको थियो ।

मानवता र दुष्टता बीच भएको त्यो युद्धमा हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु सहित ७२ जना घरपरिवारलाई सहिद गरिएको थियो ।

मोहरर्म कुनै पर्व नभएर एउटा यादगार हो, अपराध, सामाजिक विकृति र दुष्टतालाई अन्त्य गर्न सहिद हुनुभएको हजरत इमाम हुशैनले दिएको संदेश बमोजिम समाजसेवा गरेर याद मनाउनु पर्छ भन्ने मुस्लिम युवा आसिफ अन्सारीले बताउनुभयो ।

ईमाम हुसैनले दिएको संदेश शान्ति, भेदभावरहित समाज र भाइचारा रहेकोले भेरी अस्पतालमा रहेका सय जना सुत्केरी महिलाहरुलाई फलफूल लगायतको सामग्री वितरण गरिएको हो ।

हिजरी ६१ मा हजरत ईमाम हुशैन रजिअल्लाह हु तआला अन्हुलाई यजीद भन्ने शासकले २२ हजार फौजको दस्ता लिएर सहिद गरेको अन्सारीले बताउनुभयो ।

यजीदले दीने ईस्लामको संदेश विपरीत शासन चलाउने चेष्टा गरेपछि ईमाम हुसैन र यजीद बीच युद्ध भएको हो । ईमाम हुसैन हजरत पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको नाती भएकोले दुष्ट र मानवताहीन ब्यक्तिलाई मानव जातीको रक्षक स्वीकार नगर्ने अठोट लिएपछि कर्बलाको युद्ध भएको थियो ।यजीदको बारेमा वल्माहरुले विभिन्न किताबको प्रमाण अनुरुप बताउँछन् कि यजीदले जाँडरक्सी, बलात्कार, नमाज नपढ्ने, जुवातास लगायतको अपराधलाई बढावा दिने र आफू पनि संलग्न हुने गरेकोले ईमाम हुसैनले उसको शासनलाई अस्वीकार गर्नुभएको थियो ।

सोही अपराधलाई अन्त्य गर्न ईमाम हुशैन ७२ जना सहित सहिद भएर दीने ईस्लामको संदेशलाई जोगाएका हुन् । यादगारे हुसैनको अवसरलाई आधार बनाइ नेपालगञ्जका मुस्लिम युवाहरुले गरेको सहयोगलाई प्रोत्साहित गर्नुपर्ने भन्दै भेरी अस्पताल व्यवस्थापन समिति सदस्य कृष्ण प्रसाद श्रेष्ठले युवाहरूको प्रसंशा गर्नु भयो ।

युवाहरु समाजको जग हुन् र युवाहरुले सामाजिक कार्य गरेको देखेर प्रसन्नता अनुभुती हुन्छ । उहाँले भन्नूभयो, आगामी दिनमा समेत सामाजिक कार्य गरेको हेर्न पाउँ ।

त्यस्तै सुत्केरी महिलाहरुलाई सहयोग गर्न अगाडि कदम बढाएको मुस्लिम युवाहरूलाई प्रोत्साहित गर्दै हाथ बटाउन समाजसेवी रचना श्रेष्ठले समेत सहयोग गर्नु भएको थियो ।

उहाँले युवाहरुले गरेको सामाजिक कार्यमा सहभागी हुनु भनेको युवाहरूलाई बाटो देखाउनु सरह रहेको बताउनु भयो । सहयोग सामाग्री वितरण कार्यक्रममा युवा पिढीबाट अंकित श्रीवास्तव र मुस्लिम युवा समीर अली बेहना, अजहर सिद्दीकी, साहिल अन्सारी, इब्रार खान लगायतको उपस्तिथि रहेको थियो ।

Previous articleमोहर्रममा सवारी नियम उल्लङ्घन गर्नेलाई कारवाही
Next articleताजिया सेलाउँदै माेहर्रम मनाईयाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here